PRABHU BANK

सनराइज बैंक र सस्तो डिल डटकमबीच सम्झौता, २५ प्रतिशतसम्म क्यास ब्याक पाउने

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक र सस्तो डिल डटकमबीच सम्झौता भएको छ । बैंक र सस्तो डिलबीच छुट दिने सम्बन्धी सम्झौता भएको हो । सम्झौता अनुसार बैंकका ग्राहकले सस्तो डिल डटकममा २५ प्रतिशतसम्म क्यास ब्याक पाउने भएका छन् ।
बैंकले सस्तो डिल डटकमको ९औं वर्षको उपलक्ष्यमा सनराइज बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिदको भुक्तानी गर्दा क्यास ब्याक दिने योजना ल्याएको हो । यस योजना अन्तर्गत सनराइज बैंकका ग्राहकले बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरि सामान खरिद गर्दा तोकिएको अवधिमा ग्राहकहरुले प्रथम भुक्तानी रकमको २५ प्रतिशत वा अधिकतम २ हजार ५ सय रुपैयाँसम्म बैंकले क्यास ब्याक प्रदान गर्ने भएको छ ।
यो योजना २६ मंसिरदेखि ३० मंसिरसम्म लागु हुने भएको छ । यस्तै क्यास ब्याक रकम भने योजना समाप्ति पश्चात प्रदान गरिने भएकोछ । कोभिड-१९ को वर्तमान परिप्रेक्ष्यमा बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने विश्वास बैंकले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै