PRABHU BANK

एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त

nic asia capital
  • बैंकिङ संसार
काठमाडौं । एनआईसी एशिया क्यापिटलको संचालक समितिको अध्यक्षमा सन्तोष कुमार राठी नियुक्त भएका छन् । क्यापिटलको फाल्गुन ८ गते सम्पन्न संचालक समितिको १२०औं बैठकको निर्णय बमोजिम ८ गते देखि नै लागु हुने गरी राठीलाई नियुक्त गरेको हो ।
एनआईसी एशिया बैंक लिमिटेडमा नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत सन्तोष कुमार राठीको बैंकिङ क्षेत्रमा करिब २० वर्षको अनुभव रहेको छ । नवनियुक्त संचालक समितिका अध्यक्ष सन्तोष कुमार राठीले हासिल गरेको लामो कार्यअनुभव तथा उच्च व्यवस्थापकिय क्षमताले गर्दा आगामी दिनमा क्यापिटलको समग्र व्यवसाय विस्तार र क्यापिटलबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाई क्यापिटलले थप नयाँ उचाई चुम्ने विश्वास लिएको छ ।
क्यापिटलले आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमाससम्मा रु.५ करोड ६१ लाख भन्दा बढी खुद मुनाफा आर्जन गरी प्रति सेयर आम्दानी रु.५६.१० कायम गर्न सफल भएको छ । क्यापिटल स्थापना भएको छोटो अवधिमा नै आर्थिक वर्ष २०७९/०८० को दोश्रो त्रैमास अन्त्यसम्म एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत ४ वटा बन्दमुखी र एउटा खुलामुखी योजना गरी जम्मा ५ वटा योजनाहरु संचालन गरिरहेको छ ।
साथै,क्यापिटलद्धारा संचालित खुलामुखी योजना ‘एनआईसी एशिया डाईनामिक डेप्ट फण्ड’ मा सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान (सिप) र सिस्टमेटिक विथड्र प्लान (एसडब्लुपी) समेत संचालन गरिरहेको छ । हाल क्यापिटलले आफ्नो सेवालाई सर्वसुलभ र प्रविधिको प्रयोग मार्फत ग्राहकहरु माँझ पुर्याउन डिम्याट तथा मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने, सिप सहित खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद र लगानी व्यवस्थापन सेवा समेत अनलाईन मार्फत लिन सकिने व्यवस्था मिलाएको छ ।
आगामी दिनमा क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा उपलब्ध गराउने रणनीति लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै