बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखाको आरुघाट घर भई हाल भक्तपुरको लोकन्थली बस्दै आएका ४१ वर्षीय हरिस चन्द्र खनाल रहेका छन्।

उनलाई १८ दिन कैद सजाय र ९९ लाख ९१ हजार जरिवाना हुने जिल्ला अदालतको फैसलाअनुसार खोजी कार्य भइरहेकोमा जिल्ला प्रहरी परिसर काठमाडौं अन्तर्गत नयाँ बानेश्वर वृत्तबाट खटिएको टोलीले काठमाडौं महानगरपालिका ३२ कोटेश्वरबाट पक्राउ गरेको हो ।

पक्राउ परेका खनाललाई आवश्यक कारवाहीका लागि सम्मानित जिल्ला अदालत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्