PRABHU BANK

कुमारी बैंक लिमिटेडको १४ प्रतिशत प्रस्तावित लाभांश पारित

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको मंसिर २९ गते सोमबार सम्पन्न भएको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । 
साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को नाफबाट १०.८५ प्रतिशत बोनस सेयर तथा ३.१५ प्रतिशत नगद गरी १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सो बोनस सेयर जारी पश्चात् कुमारी बैंकको चुक्ता पुँजी १३ अर्व ८७ करोड रुपैयाँ पुगेको छ । बैंकको २०औं वार्षिक साधारणसभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा रजिष्टर्ड कार्यालय टंगाल काठमाडौंमा सम्पन्न भएको हो । कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै बैंकले अनलाइन प्ल्याटर्फम जूममार्फत सेयरधनीको धारणा समावेश गरेको थियो । 
सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७६ं/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब, पूँजीमा भएको परिवर्तन लगायत वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित पनि गरेको छ । यसैगरी आर्थिक वर्ष २०७६/७७ को असार मसान्तसम्म बैंकले कुल निक्षेप १२४ अर्व २२ करोड रुपैयाँ परिचालन तथा कुल कर्जा रकम ११५ अर्व १३ करोड रुपैयाँ प्रवाह गरी संचालन नाफा २ अर्व १४ करोड रुपैयाँ तथा १ अर्व १५ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
आर्थिक वर्ष २०७७/७८ असोज मसान्तसम्म बैंकको कुल निक्षेप १२२ अर्व २९ करोड रुपैयाँ तथा कुल कर्जा रकम ११५ अर्व १९ करोड रुपैयाँ गरि ८६ करोड रुपैयाँको संचालन नाफा र ६० करोड २५ लाख रुपैयाँको खुद नाफा आर्जन गर्न सफल भएको बैंकले जनाएको छ । बैंकले १८६ शाखा संजाल, १५० एटीएम्, १३ एक्स्टेन्सन काउन्टर तथा २ वटा शाखारहित बैंकिङ सेवामार्फत आफ्ना ग्सेराहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै अईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै