PRABHU BANK

सिद्धार्थ बैंक लिमिटेडद्धारा ‘स्कोरकार्ड मोडल’ को सुरुवात, व्यवसायीलाई २४ घण्टा भित्रै कर्जा प्रवाह गर्ने

Siddhartha Bank
  • बैंकिङ संसार
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ‘स्कोरकार्ड मोडल’ को सुरुवात गरेको छ । बैंकले साना तथा मझौला व्यवसायीलाई छोटो समयमै सरल तथा सहज रुपमा कर्जा प्रदान गर्ने उद्देश्यका साथ स्कोरकार्ड मोडलको सुरुवात गरेको हो । 
बैंकले ग्राहकको वित्तीय तथा गैर वित्तीय सुचांकहरुको आधारमा उक्त मोडलको सुरुवात गरेको जनाएको छ ।स्कोरकार्ड मोडल अन्तर्गत बैंकले १ करोड रुपैयाँसम्मको लघु, साना तथा मझौला कर्जा ग्राहकले आवश्यक सम्पूर्ण कागजात पेश गरेको २४ कार्य घण्टा भित्र स्वीकृत गरिने व्यवस्था मिलाएको छ ।
यो स्कोरकार्ड मोडल सिद्धार्थ बैंक र यूकेएड सक्षम एक्सेस टु फाईनान्स प्रोग्राम बीचको सहकार्यमा देशको लघु, साना तथा मझौला उद्यमहरुको लागि सरल प्रक्रियामा कर्जा प्रधान गर्न र वित्तीय पहुँचमा वृद्धि गर्न सञ्चालन गरिएको हो । यस व्यवस्था अन्तर्गत कर्जाका लागि आवेदन दिन तथा थप जानकारीका लागि आफ्नो नजिकैको शाखा वा बैंकको ग्राहक सेवा केन्द्र, ०१५९७००२० मा सम्पर्क गर्न बैंकले आग्रह गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै