- बैंकिङ संसार
काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्ना ऋणीहरुलाई व्याजदरमा सहुलियत दिएको छ । बैंकले कोभिड-१९ कके कारण आफ्ना ग्राहकहरुको पेशा, व्यवसाय तथा उद्योगहरुमा पर्न गएको असरलाई मध्यनजर गर्दै ऋणीहरुलाई राहत प्रदान गर्ने उद्देश्यले उक्त सहुलियत दिएको हो ।
बैंकले नेपाल राष्ट्र बैंकबाट जारी भएको पुनर कर्जा कार्यविधि अन्तर्गत आवश्यक प्रबन्ध गरी लघु घरेलु तथा साना उद्यम संचालन गरिरहेका १२५० भन्दा बढी ऋणीहरुको ७२ करोड भन्दा बढी कर्जाको व्याजदर घटाई ५ प्रतिशत कायम गरी सहुलियत प्रदान गरेको छ ।
यसरी पुनर कर्जा सुविधाका लागी कोभिड-१९ को असर परेका उद्यमीहरुका साथै सामाजिक आर्थिक दृष्टिकोणले पिछडिएका बिपन्न वर्ग कृषक तथा महिलाहरुलाई प्राथमिकता दिएको पनि जनाएको छ । देशका सहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा १ सय ३ वटा शाखाहरुमार्फत सेवा प्रदान गरिरहेको छ । यस्तै बैंकको ग्राहक संख्या ५ लाख भन्दा बढी रहेको छ ।