काठमाडौँ। एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८१-८२ वर्षको चौथो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको विवरण अनुसार एभरेष्ट बैंकको नाफा बढेको छ।
बैंकले यस अवधिमा ४ अर्ब बढी नाफा कमाएको छ। बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ४ अर्ब ९१ करोड ८१ लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३२.८० प्रतिशत धेरै हो ।
बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ७० करोड ३२ लाख २५ हजार रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको नाफासँगै प्रतिसेयर आम्दानी (ईपीएस) पनि ३१.४७ रुपै