PRABHU BANK

नेपाल बैंकले आर्थिक वर्ष २०७६/७७ को लाभांश आफ्ना सेयरधनीहरुलाई वितरण गर्ने

Nepal Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । गत पुस १ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । 
बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १२ प्रतिशत बोनस र ४ प्रतिशत नगद (कर समेत गरी) कूल १६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् । हाल बैंकको चुक्ता पुँजी ११ अर्व २८ करोड रुपैयाँ रहेको छ ।
१२ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १२ अर्व ६३ करोड रुपैयाँ पुग्नेछ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा ९ प्रतिशतले घटी हो । बैंकले आघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र १० प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै