काठमाडौँ। बैंकिङ कसुर मुद्दाकी फरार प्रतिवादी पक्राउ परेकी छिन् । बैंकिङ कसुर गर्ने संखुवासभा चिचिला गाउँपालिका वडा नं. ०१ घर भइ हाल काठमाडौँको कगेश्वोरी मनोहरा नगरपालिका वडा नं. ०६ खहरे बस्ने ५१ वर्षीया दुर्गा देवी गुरुङ पक्राउ परेकी हुन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यलयबाट खटिएको प्रहरी टोलीले उनलाई साउन १४ गते खहरेबाट पक्राउ गरेको हो । उच्च अदालत पाटनले मिति २०७९-११-२३ गते गुरुङविरुद्द ३ लाख जरिवाना, १ दिन कैद र क्षतिपुर्ति वापत १२ हजार तिर्नुपर्ने फैसला गरेको थियो ।
हाल गुरुङलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालत पठाइएको छ ।