PRABHU BANK

एनएमबि बैंक लिमिटेडद्धारा आर्थिक वर्ष २०७६/७७ को लाभांश घोषणा

NMB Bank
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १६.२० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
बैंकको पुस ५ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १३ प्रतिशत बोनस र ३.२० प्रतिशत नगद (कर सहित) गरी उक्त लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले पाउने भएका छन् ।
हाल बैंकको चुक्ता पुँजी १४ अर्व ४४ करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी १६ अर्व ३२ करोड रुपैयाँ नाघ्ने छ । उक्त प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट सेयरधनीलाई ३५ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै