PRABHU BANK

एनएमबि लघुवित्त वित्तीय संस्थाले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् मुख्य एजेण्डा

NMB Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आगामी पुस २७ गते सोमबार आफ्नो ८औं वार्षिक साधारणसभा बोलाएको हो । कम्पनीले सो दिन बिहान ११ बजे पोखराको पोखरा ग्रान्ड होटलमा वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो ।
यस्तै सभाले कुनै संस्थासँग गाभ्ने र गाभिने तथा प्राप्ति सम्बन्धी प्रकृया अगाडी बढाउन सञ्चालक समितिलाई अख्तियारी समेत प्रदान गर्ने भएको छ । सभामा जाने प्रयोजनको लागि पुस १४ गतेदेखि पुस २७ गतेसम्म संस्थाको बुक क्लोज हुने भएको छ । यसकारण पुस १३ गतेसम्म कायम सेयरधनीले मात्र प्रस्तावित लाभांश सहित साधारणसभामा भाग लिन पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै