PRABHU BANK

छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा पुस २९ गते हुने

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको २९ प्रतिशत लाभांश प्रस्ताव पारित गर्न पुस २९ गते वार्षिक साधारणसभा हुने भएको हो । कम्पनीले सभामार्फत सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालकको निर्वाचन पनि गर्ने भएको छ ।
यस्तै अधिकृत पुँजी २ अर्व रुपैयाँबाट बढाएर ३ अर्व रुपैयाँ पुर्याउने एजेन्डा पनि रहेको छ । सभाका लागि पुस १५ देखि २९ गतेसम्म बुक क्लोज हुने भएको छ । यस कारण पुस १४ गतेसम्म कायम रहने सेयरधनीले मात्र उक्त लाभांश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै