PRABHU BANK

नबिल बैंक लिमिटेडले बोलायो वार्षिक साधारणसभा, यस्ता छन् छलफलका विषयहरु

Nabil Bank
  • बैंकिङ संसार
काठमाडौं । नबिल बैंक लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । बैंकले आफ्नो वार्षिक साधारणसभा पुस २९ गते बुधबार बोलाएको हो । बैंकले गत आर्थिक वर्षको नाफाबाट घोषणा गरेको ३५.२६ प्रतिशत लाभांश पारित गर्न उक्त वार्षिक साधारणसभा गर्ने भएको हो । सभा बैंकको केन्द्रीय कार्यालय दरबारमार्गमा बिहान १० बजेदेखि सुरु हुने भएको छ । 
बैंकले सभामा प्रवन्धपत्र र नियमावलीको नियम संशोधन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । यस्तै सर्वसाधारण सेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने बैंकले जनाएको छ । बैंकले सभाका लागि पुस १५ गते बुक क्लोज गर्ने भएको छ । जस अनुसार पुस १४ गतेसम्म कायम लगानीकर्ताले मात्र उक्त लाभांश पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै