एनआईबिएल एस क्यापिटलद्वारा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन

  • बैंकिङ संसार
काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडद्वारा नेपालको धितोपत्र बजार तथा म्युचुअल फण्ड र यस अन्तर्गत व्यवस्थित लगानी योजना सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडको आयोजनामा छाँयादेबी कम्पेल्क्स ठमेल काठमाडौं स्थित अलफ्ट होटलमा कार्यरत विभिन्न तहका कर्मचारीहरुलाई लगानी तथा म्युचुअल फण्ड सम्बन्धी सचेतना कार्यक्रम संचालन गरेको हो ।
उक्त कार्यक्रममा सहभागीहरुलाई नेपालको धितोपत्र बजार बारे जानकारी गराउनुका साथै खुलामुखी तथा बन्दमुखी म्युचुअल फण्ड योजनाको बारेमा र खुलामुखी योजना अन्तर्गत रहेको व्यवस्थित लगानी योजना (सिस्टमेटिक इन्भेस्टमेन्ट प्लान) सम्बन्धी सम्पूर्ण जानकारी गराईएको क्यापिटलले जनाएको छ ।
कार्यक्रममा क्यापिटलले हाल प्रदान गरीरहेको धितोपत्र बजार सम्बन्धी अन्य सेवाहरु जस्तैः लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा आदिको बारेमा साथै बजारका विभिन्न लगानी उपकरणहरुको बारेमा छलफल भएको थियो र सहभागीहरुका विभिन्न जिज्ञासाहरुको सम्बोधन समेत गरेको थियो ।
यस प्रकारको कार्यक्रमले लगानीकर्ताहरुमा लगानी सम्बन्धी निरन्तर सचेतना अभिबृद्धि भएर जाने विश्वास एनआईबीएल एस क्यापिटल लिमिटेडले लिएको छ ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्