PRABHU BANK

मेगा बैंकले बोलायो आफ्नो १०औं वार्षिक साधारणसभा, यस्ता छन् छलफलका मुख्य एजेण्ड

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक लिमिटेडले आफ्ना वार्षिक साधरणसभा बोलाएको छ । बैंकले आगामी पुस २९ गते आफ्नो १०औं वार्षिक साधारणसभा बोलाएको हो । बैंकले उक्त दिन बिहान ११ः३० बजे काठमाडौंको कमलादीस्थित बैंकको केन्द्रिय कार्यालयमा वार्षिक साधारणसभा बोलाएको हो ।
सभाले सेयरधनीलाई लाभांश वितरण गर्ने र सञ्चालक समितिको विशेष प्रस्तावलाई पारित गर्ने भएको छ । बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १० प्रतिशत बोनस र ३.०५ प्रतिशत नगद गरी कूल १३.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । यस्तै सभाले मेगा बैंकमा कुनै बैंक वा वित्तीय संस्था मर्जर तथा एक्विजिसनको लागि सञ्चालक समितिलाई अख्तियारी पनि प्रदान गर्ने भएको छ ।
सभामा जाने प्रयोजनको लागि कम्पनीको आगामी पुस १७ गते एक दिन बुक क्लोज हुने भएको छ । यस कारण पुस १६ गतेसम्ममा कायम सेयरधनीहरुले मात्र बैंकको लाभांश पाउने र उक्त साधरणसभामा भाग लिन पाउने भएका छन् । बैंकले सेयरधनीलाई भर्च्युअल माध्यमबाट सभामा सहभागी गराउने जानकारी गराएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै