PRABHU BANK

सांग्रिला डेभलपमेन्ट बैंकले गर्यो नेपाल स्काउट मध्यपुर थिमिलाई सहयोग, प्रसाद जोशीद्धारा ज्याकेट हस्तान्तरण

Shangri-la Development Bank
  • बैंकिङ संसार
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अंतर्गत नेपाल स्काउट मध्यपुर थिमिलाई सहयोग गरेको छ । बैंकले भक्तपुरस्थित नेपाल स्काउट मध्यपुर थिमि स्थानीय परिषदलाई ज्याकेट हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख संचालन अधिकृत अपूर्व प्रसाद जोशीले नेपाल स्काउट मध्यपुर थिमिका स्थानीय आयुक्त हरि बहादुर श्रेष्ठलाई ज्याकेट हस्तान्त्तर गरेका हुन् । उक्त सहयोगले नेपाल स्काउट मध्यपुर थिमिका स्वयंम सेवकहरुलाई यस जाडोयाममा आफ्नो दैनिक कार्य सम्पादनमा सहयोग पुग्ने जोशीले बताएका छन् ।
यसरी बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ सेवाको अतिरिक्त बेला बेलामा आफ्नो देशभर रहेका ९२ शाखा कार्यालयहरुबाट सामाजिक उत्तरदायित्व अन्तर्गतको विभिन्न सामाजिक संस्थाहरुलाई सहयोग गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै