PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने

Vijaya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा हुने भएको छ । बैंकको वार्षिक साधारणसभा आगामी पुस २९ गते हुने भएको हो । संस्थाले गत आर्थिक वर्षको लाभांश पारित गर्न सो दिन साधारणसभा बोलाएको हो । सभा उक्त दिन बिहान ९ बजे नवलपरासीको विजय विकास स्रोत केन्द्र र भर्च्युअलमाध्यम जुममार्फत हुने भएको छ ।
सभाले सेयरधनीलाई २० प्रतिशत लाभांश दिने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १९ प्रतिशत बोनस र १ प्रतिशत नगद गरी २० प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । उक्त सभामा जाने प्रयोजनको लागि कम्पनीको पुस १७ गतेदेखि पुस २९ गतेसम्म बुक क्लोज हुने भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै