DISH HOME

गभर्नरले अदालतमा पठाए आफ्नो शैक्षिक योग्यताको प्रमाण !

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले आफ्नो शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेभन्दा माथिल्लो रहेको जनाएका छन्। सर्वोच्च अदालतमा शैक्षिक योग्यता नपुगेको दाबीसहित दायर रिटमा राष्ट्र बैंकका गभर्नर पौडेलले आफ्नो शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेभन्दा माथिल्लो रहेको जिकिरसहितको लिखित जवाफ अदालतमा पठाएका छन्।

गभर्नर पौडेलको योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ताद्वय विशाल थापा, अनन्तराज लुइँटेललगायतले राजनीतिक पृष्ठभूमि भएको, मौद्रिक अनुभव नभएको तथा राष्ट्र बैंक ऐन, २०५८ को दफा १५ अनुसार आवश्यक शैक्षिक योग्यता नपुगेको दाबी गर्दै नियुक्ति बदरको मागसहित सर्वोच्चमा रिट दर्ता भएको थियो।

रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले गभर्नरलाई काममा रोक लगाउन अन्तरिम आदेश जारी गर्न आवश्यक नरहेको आदेश दिएको थियो।

सर्वोच्चले गभर्नरको लिखित जवाफ र कागजात मागेको थियो। सोहि अनुसार गभर्नर पौडेलले आफ्नो शैक्षिक योग्यता राष्ट्र बैंक ऐनले तोकेभन्दा माथिल्लो रहेको जिकिरसहितको लिखित जवाफ अदालतमा पेस गरेका हुन्।

Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै