prabhu

जाली चेक दिएर रकम ठग्ने ‘ठग’ पक्राउ, थप अनुसन्धान हुँदै !

काठमाडौँ। बैंकिङ कसूर मुद्दामा फरार रहेका एक जना व्यक्ति पक्राउ परेका छन्। पक्राउ पर्नेमा निजगढ नगरपालिका १ सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाई रहेका छन्।

उनलाई प्रहरीले आइतबार बारा जिल्लाबाट पक्राउ गरेको हो । जिल्ला अदालत काठमाडौंबाट असार  १८ मा उनीविरुद्ध पक्राउ पूर्जी जारी भएको थियो ।

उनलाई इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरीले निजगढ नगरपालिका १ सिंगौलबाट पक्राउ गरेको हो ।

हाल उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै