- बैंकिङ संसार
काठमाडौं । लुम्बिनी विकास बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको पुस १४ गते मंगलबार बोनसपछिको सेयर मूल्य समायोजन भएको हो । विकास बैंकको ७ प्रतिशत बोनस पछिको मूल्य समायोजन भएको हो ।
समायोजन पश्चात विकास बैंकको सेयर मूल्य प्रतिकित्ता २०४ रुपैयाँ रहेको छ । पछिल्लो कारोबारमा संस्थाको सेयर प्रतिकित्ता २१८ रुपैयाँमा किनबेच भएको थियो । अबको बजारमा भने बैंकको पहिलो कारोबार प्रतिकित्ता २०४ रुपैयाँदेखि सुरु हुने भएको छ ।