PRABHU BANK

कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता, अस्पतालको सेवामा आकर्षक छुट पाइने

Kumari Bank
  • बैंकिङ संसार
काठमाडौं । कुमारी बैंक र सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रबीच सम्झौता भएको छ । बैंकले विरगंज पर्सास्थित सात्विक आयुर्वेद अस्पताल तथा अनुसन्धान केन्द्रसँग स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता गरेको हो । उक्त सम्झौता भने पुस १४ गते मंगलबार भएको हो ।
कुमारी बैंकका तर्फबाट प्रदेश-२ का प्रमुख सिद्घार्थ सिंह र सात्विक आयुर्वेद अस्पतालका तर्फबाट चिकित्सक अधिकृत प्रभाकर मनुले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले सात्विक आयुर्वेद अस्पतालमा ओ.पि.डि, प्याथोलोजी, पँचकर्म र औषधीमा ५ प्रतिशतसम्म छुट पाउने भएका छन् भने थेरापी, लगायत आइ.डि. पि. (बेड चार्जेज)मा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्ने भएका छन् । उक्त छुट भने ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्डमार्फत भुक्तानी गर्दा मात्र पाउने भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै