‘नयाँ बैंकलाई लाइसेन्स दिनुपर्छ’- पूर्वउपाध्यक्ष श्रेष्ठ

काठमाडौँ। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नयाँ बैंक सञ्चालनका लागि इजाजतपत्र (लाइसेन्स) खुला गरिनुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशकसमेत रहेको श्रेष्ठले लामो समयदेखि बन्द लाइसेन्स अब खोल्नुपर्ने बताएका हुन्।

बुधबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा बोल्दै उनले क्षेत्रगत बैंकको लाइसेन्स दिँदा सम्बन्धित क्षेत्रमा लगानी भएका बैंकलाई पनि ट्रयाकमा आउन बल मिल्ने उल्लेख गरेका छन्।

योसँगै उनले वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीको लाइसेन्स डेढ दशकदेखि नदिएको र लघुवित्तको पनि इजाजतपत्र ६ वर्षदेखि नदिएकोमा अब भने लाइसेन्स खोल्नुपर्ने उल्लेख गरेका छन्।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्