PRABHU BANK

नारायणी डेभलपमेन्ट बैंकले माघदेखि ६ करोड ५६ लाख रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्ने

Narayani Development Bank
  • बैंकिङ संसार
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले हकप्रद सेयर जारी गर्ने भएको छ । बैंकले आगामी माघ १३ गतेदेखि चुक्ता पुँजीको शतप्रतिशत अर्थात १ः१ (एक बराबर एक) कित्ता सेयरको अनुपातमा हकप्रद सेयर जारी गर्ने भएको हो । विकास बैंकले १ सय रुपैयाँ अंकित दरको ६ लाख ५६ हजार १६९ कित्ता अर्थात ६ करोड ५६ लाख १६ हजार ९०० रुपैयाँ बराबरको हकप्रद जारी गर्न लागेको हो । 
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई पुस २० गते सो मात्राको हकप्रद सेयर निष्कासन गर्नको लागि अनुमति दिएको थियो । यससँगै इच्छुक सेयरधनीले माघ १३ गतेदेखि फागुन ३ गतेसम्म कम्पनीको हकप्रद सेयरमा आवेदन दिन सक्ने भएका छन् । बैंकको हकप्रद सेयर जारी गर्ने प्रयोजनको लागि पुस २९ गते एकदिन बुक क्लोज हुने भएको छ । यससँगै पुस २८ गते मंगलबारसम्म कायम रहेका बैंकका सेयरधनीले मात्र उक्त हकप्रदमा आवेदन दिन पाउने भएका छन् ।
बैंकको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । हकप्रद जारी गर्न इक्रा नेपालले बैंकलाई ‘इक्राएनपीआईआर सिङ्गल सी’ रेटिङ्ग प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व पुरा गर्न चुक्ने सम्बन्धमा ज्यादै उच्च जोखिम रहेको बुझाउँछ । हाल विकास बैंकको चुक्ता पुँजी ६ करोड ५६ लाख रुपैयाँ रहेको छ । शतप्रतिशत हकप्रद निष्कासनपछि विकास बैंकको चुक्ता पुँजी १३ करोड १२ लाख रुपैयाँ पुग्नेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै