PRABHU BANK

मेगा बैंक र एमएडब्लु अर्थमुभर्स प्रा.लिबीच सम्झौता, सहज फाइनान्सिङको सुविधा पाइने

Mega Bank
  • बैंकिङ संसार
काठमाडौं । मेगा बैंक र एमएडब्लु अर्थमुभर्स प्रा.लिबीच सम्झौता भएको छ । नेपालका लागि जेसीबी ब्रान्डका निर्माण तथा हेभी उपकरणहरुको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स प्रा.लिले आफ्ना ग्राहकलाई सहज फाइनान्सिङको सुविधा दिन बैंकसँग सम्झौता गरेको हो । 
बैंक र एमएडब्लुबीच पुस २४ गते शुक्रबार जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजको उपस्थितिमा उक्त सम्झौता भएको हो । मेगा बैंकका तर्फबाट प्रमुख कार्यका अधिकृत अनुपमा खुन्जेली र एमएडब्लु अर्थमुभसका तर्फबाट अध्यक्ष विष्णु कुमार अग्रवालले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै देशभरिका जेसीबीका ग्राहकले आफ्नो आर्थिक समाधानका लागि मेगा बैंकमा विशेष सुविधा उपभोग गर्न पाउने भएका छन् । 
सम्झौता अनुसार दुवै संस्थाले ग्राहकको हितलाई ध्यानमा राखेर देशभर फैलिएका आफ्ना शाखाहरुमार्फत सेवा प्रदान गर्ने भएका छन् । यस्तै साझेदारीपछि ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरेर सन्तुष्ट बनाउने साझा लक्ष्य हासिल गर्न सक्षम हुने विश्वास पनि दुवै संस्थाले राखेको छ । जेसीबी नेपालकै सबैभन्दा विश्वासिलो निर्माण तथा हेभि उपकरण ब्रान्ड हो । 
त्यसैगरी नेपालका लागि जेसीबी इन्डिया लिमिटेडका कन्ट्री हेड विरेन्दर भारद्वाजले एमएडब्लु अर्थमुभर्स जेसीबीको सर्वोत्कृष्ट डिलरमध्ये पर्ने बताएका छन् । ‘नेपाली बजारको मागलाई ध्यानमा राखेर सहज र शक्तिशाली मेसिनहरु र बिक्रीपछिको सेवा उपलब्ध गराएकै कारणले एमएडब्लु अर्थमुभर्स उत्कृष्ट डिलर बन्न सफल भएको कुरा पनि भारद्वाजले बताएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै