DISH HOME

गभर्नर पौडेलविरुद्धको रिट ‘हेर्न नमिल्ने’ मा

काठमाडौँ। नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलविरुद्ध दायर भएको रिट निवेदनमा अन्तरिम आदेशको सुनुवाइ असार १६ गते पनि नहुने भएको छ। सर्वाेच्च अदालतमा न्यायाधीशद्वय हरि प्रसाद फुयाल र टेक प्रसाद ढुंगानाको इजलासमा सुनुवाइ तोकिए पनि गभर्नर पौडेलविरुद्धको रिट हेर्न नमिल्ने भएको हो।

रिट निवेदन न्यायाधीशद्वय फुयाल र ढुंगानाको इजलासमा तेस्रो नम्बरमा सुनुवाइ तोकिएको थियो। तर, फुयालको पूर्वसहकर्मी कानुन व्यवसायीको वकालतनामा परेको कारण हेर्न नमिल्ने भएको छ।

गभर्नर पौडेलविरुद्धको रिट हालसम्म चौथो पटक हेर्न नमिल्ने भएको छ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै