DISH HOME

सनराइज बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश पारित

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंक लिमिटेडको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको पुस २४ गते सम्पन्न बैंकको १३औं वार्षिक साधारणसभाले बैंकको प्रस्तावित ८.२८ प्रतिशत लाभांश पारित गरेको हो ।
बैंकको सभा बैंकका संचालक समितिका अध्यक्ष मोतीलाल दुगडको सभापतित्वमा सम्पन्न भएको हो । सभाले चुक्ता पुँजीको ५.८० प्रतिशत बोनस सेयर र २.४८ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई पारित गरेको हो । ८ अर्व ९६ करोड रुपैयाँ रहेको बैंकको चुक्ता पुँजी ९ अर्व ४८ करोड रुपैयाँ पुगेको छ ।
बैंकले देशको विभिन्न क्षेत्रमा छरिएर रहेका सर्वसाधारण वर्ग, कृषिजन्य उद्योग, साना तथा मझौला उद्योग, जलविद्युत आयोजना, व्यापार व्यवसायमा संलग्न व्यापरिक घराना समेतलाई बैंकको सेवामा आवद्ध एवं समाहित गर्दै सर्वसुलभ तवरले बैंकिङ सेवाको पहुँच पुर्याउने उद्देश्यलाई निरन्तरता दिएको छ । बैंकले हाल १ सय ३९ वटा शाखा, १ सय ६१ वटा एटीएम, ५८ वटा शाखारहित बैंकिङ सेवा, ११ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

HIMALAYAN LIFE
Shangrila Dev Bank

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै