PRABHU BANK

निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/७७ को लाभांश दिने

Nirdhan Utthan Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको १३.६८ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । 
पुस २४ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई १३ प्रतिशत बोनस र ०.६८ प्रतिशत नगद (करसहित) गरी १३.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र संस्थाको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने छन् ।  
हाल संस्थाको चुक्ता पुँजी १ अर्व ५० करोड रुपैयाँ रहेको छ । १३ प्रतिशत बोनस पछि संस्थाको चुक्ता पुँजी १ अर्व ६९ करोड ५० लाख रुपैयाँ नाघ्ने छ । प्रस्तावित लाभांश अघिल्लो आर्थिक वर्षको तुलनामा कम हो । संस्थाले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस र १५.५३ प्रतिशत नगद गरी ४०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै