PRABHU BANK

सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि, शाखा कार्यालय सिल!

Citizens Bank
  • बैंकिङ संसार
हुम्ला । सिटिजन्स बैंकमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । हुम्लाको सदरमुकाम सिमकोटमा रहेको सिटिजन्स बैंकको शाखा कार्यालयमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएसँगै उक्त बैंक शाखा सिल गरिएको छ ।
बैंकमा कार्यरत ५ जना कर्मचारीलाई एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा २ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि उक्त शाखा आइतबारदेखि सिल गरिएको हो । उक्त शाखा कार्यालय भने २ दिनको लागि बन्द गरिएको हो । शनिबार २ जना कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि बैंक शाखा सिल गर्नुका साथै कारोबार पनि ठप्प भएको बैंकले जनाएको छ । संक्रमण हुने कर्मचारी १ महिला र १ पुरुष कर्मचारी रहेका छन् । 
पुरुष कर्मचारीमा देखिएको कोरोना सङ्क्रमणको उपचार हुम्लामा हुन नसकेपछि उनलाई जिल्लाबाहिर पठाउने तयारी भइरहेको बैंकका कर्मचारी लालु भण्डारीले जानकारी दिएका छन् । सङ्क्रमित कर्मचारीको अवस्था जटिल देखिएपछि हेलिकप्टरमार्फत जिल्लाबाहिर पठाउने तयारी भइरहेको जिल्ला अस्पतालका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै