PRABHU BANK

तिनाउ मिसन डेभलपमेन्ट बैंकको १८ लाख १२ हजार संस्थापक सेयर साधारण सेयरमा परिणत

Tinau Mission Development Bank
  • बैंकिङ संसार
काठमाडौं । तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बैंकको १८ लाख १२ हजार ४८० कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको हो । पुस २७ गते आइतबार मात्रै कम्पनीको सो मात्राको सेयर साधारणमा परिणत भएको हो ।
उक्त सेयर संरचना परिवर्तन भएसँगै बैंकमा संस्थापकको ५३.३४ प्रतिशत र सर्वसाधारणको ४६.६६ प्रतिशत स्वामित्व हुने भएको छ । रुपन्देहीको बुटवलमा केन्द्रीय कार्यालय रहेको यस संस्थाको चुक्ता पुँजी एक अर्व ८१ करोड रुपैयाँ रहेको छ । त्यस्तै बजार पुँजीकरण ३ अर्व ५७ करोड १८ लाख रुपैयाँ रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै