सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा, ३५ दिनभित्र आवेदन दिन सकिने

काठमाडौँ। सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर असार ११ गतेबाट बिक्रीमा ल्याएको हो ।

सो सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउने बैंकले जनाएको छ।

सेयर खरिद गर्न चाहने संस्थापकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालयमा आवेदन दिन सक्नेछन् ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्