PRABHU BANK

सनराइज बैंकद्धारा एकैसाथ ५ वटा नयाँ शाखारहित बैंकिङ सेवाको स्थापना, सबै क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पुर्याउने उद्देश्य

Sunrise Bank
  • बैंकिङ संसार
काठमाडौं । सनराइज बैंकले एकैसाथ थप ५ वटा नयाँ शाखारहित बैंकिङ सेवाको स्थापना गरेको छ । बैंकले तनहुँ, नवलपरासी, सुनसरी, गुल्मी र धुर्कोट जिल्लामा आफ्नो नयाँ शाखारहित बैंकिङ सेवाको स्थापना गरेको हो । यससँगै बैंकको शाखारहित बैंकिङ सेवाको संख्या ६३ पुगेको छ ।
बैंकले गत पुस २४ गते व्यास नगरपालिका-१४ केशवटार तनहुँ, सुनवल नगरपालिका-७ अस्नैया नवलपरासी र गढी गाउँपालिका-२ भमरीबजार सुनसरीमा ३ वटा शाखारहित बैंकिङ सेवा स्थापना गरेको हो । त्यस्तै गत पुस २५ धुर्कोट गाउँपालिका-३ हाडहाडे गुल्मी र धुर्कोट गाउँपालिका-७ ड्वानेटा गुल्मीमा २ वटा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । बैंकिङ सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ सेवा अन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।
यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुच पुर्याउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको पनि बैंकले जनाएको छ । हालसम्म बैंकले १ सय ३९ वटा शाखा कार्यालय, १ सय ६१ वटा एटीएम, ६३ वटा शाखारहित बैंकिङ सेवा र १२ वटा एक्सटेन्सन काउण्टरमार्फत आफ्ना ७ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै