PRABHU BANK

सिभिल बैंकले आफ्ना सेयरधनीहरुलाई गत आर्थिक वर्षको ८.४२ प्रतिशत लाभांश वितरण गर्ने

Civil Bank
  • बैंकिङ संसार
काठमाडौं । सिभिल बैंक लिमिटेडले गत आर्थिक वर्षको लाभांश वितरण गर्ने भएको छ । बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीहरुलाई ८.४२ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । 
पुस २७ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त प्रस्ताव गरेको हो । बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत गरेपछि र बैंकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै सेयरधनीले उक्त लाभांश पाउने भएका छन् ।
उक्त प्रस्तावित लाभांश गत दुई वर्ष यताकै उच्च लाभांशदर हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७५/७६ को नाफाबाट ६;५७ प्रतिशत लाभांश वितरण गरेको थियो भने आर्थिक वर्ष २०७४/७५को नाफाबाट ४.०५ प्रतिशत लाभांश वितरण गरेको थियो । हाल बैंकको चुक्ता पुँजी ८ अर्व ३३ लाख रुपैयाँ रहेको छ भने ८ प्रतिशत बोनस पछि बैंकको चुक्ता पुँजी ८ अर्ब ६४ करोड रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै