सिद्धार्थ बैंकको संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आफ्ना संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीका लागि खुला गरेको छ। बैंकले कुल १ लाख ७६ हजार कित्ता संस्थापक शेयर सार्वजनिक रूपमा बिक्रीमा ल्याएको हो।

उक्तमध्ये सुरेश कुमार केडियाको नाममा रहेको १ लाख ५१ हजार कित्ता र निरसुवा गुरुङको नाममा रहेको २५ हजार कित्ता शेयर समावेश छन्।

यसअघि राष्ट्र बैंकको नियमानुसार प्राथमिकता प्राप्त संस्थापक शेयरधनीहरूलाई प्रस्ताव गरिएको भए पनि तोकिएको अवधि भित्र माग नपरेपछि अब सर्वसाधारणले पनि ती शेयर खरिद गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ।

शेयर खरिद गर्न इच्छुक व्यक्तिहरूले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र काठमाडौं, नक्सालस्थित कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्