![# Everest Bank](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEgxCtAPBaHoMxXHL6FXCVjHPAfxR7STgMHwuihBT-GeTRkeHVs41t9mH7WlMPP9jRigLR__8SKQ7omwEbdi3ug2H8cwIYtDnHUjnbMDITDuYM_1WxqQ1suUJqmr9cH5OjUVDRF8BcEhCqlO/s16000/7.jpg)
- बैंकिङ संसार
काठमाडौं । एभरेष्ट बैंक र फोनपेबीच सम्झौता भएको छ । बैंकले फोनपेसँगको प्राविधिक सम्झौता गरेको हो । बैंकले उक्त सहकार्यबाट महालेखा नियन्त्रक कार्यालयको साथ एकीकृत अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणाली सुरू गरेको छ । साथै बैंकको अनुसार यस विधुतिय भुक्तानी प्रणालीले ठूलो मात्रामा सेवाग्राहीलाई हाल कोभिड महामारीको समयमा कर भुक्तानी गर्न कर कार्यालय जानुपर्ने समस्या र लामो प्रक्रियाको अन्त्य गर्ने भएको छ ।
कोभिड-१९ को महामारीलाई विचार गर्दै एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत जी.के नेगी र नेपाल सरकार अर्थ मन्त्रालयका सचिव रामशरण पुडासैनीको उपस्थितिमा अनलाइन आन्तरिक राजस्व कर भुक्तानी प्रणालीको डिजिटल रूपमा उद्घाटन गरिएको थियो । बैंकले हालसम्म देशभर रहेका १ सय वटा शाखा संजाल, १ सय ३२ एटिएममार्फत विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३३ वटा संकलन केन्द्रबाट समेत सेवा दिदैँ आइरहेको छ ।