PRABHU BANK

इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा आगामी माघ २४ गते हुने, यस्ता छन् मुख्य एजेण्डा

Infinity Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्थाको वार्षिक साधारणसभा हुने भएको छ । कम्पनीको चौंथो वार्षिक साधारणसभा आगामी माघ २४ गते हुने भएको हो । साधारणसभामा जाने प्रयोजनको लागि कम्पनीको माघ ९ गतेदेखि माघ २४ गतेसम्म बुक क्लोज हुने भएको छ । कम्पनीको सभा बिहान ११ बजे नवलपुरको गैंडाकोटमा रहेको संस्थाको केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।
सभाले सेयरधनीलाई १५.५ प्रतिशित लाभांश वितरण गर्ने प्रस्तावलाई पारित गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको १४.७५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद गरी कूल १५.५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । हाल संस्थाको चुक्ता पुँजी २२ करोड ८१ लाख रुपैयाँ रहेको छ भने १४.७५ प्रतिशत बोनस पछि चुक्ता पुँजी २६ करोड रुपैयाँ नाघ्ने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै