PRABHU BANK

सिटिजन्स बैंकद्धारा ‘इन्स्टा बाई’ योजना सार्वजनिक, किस्ताबन्दीमै सामान किन्न सकिने

Citizens Bank
  • बैंकिङ संसार
काठमाडौं । सिटिजन्स बैंक लिमिटेडले ‘इन्स्टा बाई’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई एकैपटकमा खरिद गरिएको वस्तु तथा सेवाहरूको सम्पूर्ण खरिद रकम भुक्तानी गर्न एवं आफ्नो आयस्रोत अनुसारको किस्ता अवधि छनौट गर्न सकिने यो नविनतम सुविधा सार्वजनिक गरेको हो ।
बैंकले देशभरका जुनसुकै मर्चेन्टहरूमा क्रेडिट कार्डमार्फत न्युनतम १० हजार रुपैयाँदेखि अधिकतम २ लाख ५० हजार रुपैयाँसम्म भुक्तानी गर्दा उक्त खरिद रकमलाई मासिक किस्ताबन्दीमा रुपान्तरण गर्न यो इन्स्टा बाई योजना संचालनमा ल्याएको हो । यस योजनामार्फत ग्राहकले आफुले किन्न खाजेको वस्तु तथा सेवा तत्काल खरिद गरी रकम किस्ताबन्दीमा बैंकलाई तिर्नसक्ने सुविधा प्राप्त गर्न सक्ने भएका छन् । क्रेडिट कार्ड प्रयोगकर्ताहरूले खरिद गर्ने वस्तु तथा सेवाहरूको खरिद रकम न्यूनतम ३ देखि अधिकतम १८ महिनासम्मको अवधिभित्र बैंकलाई भुक्तानी गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
ग्राहकले क्रेडिट कार्डमार्फत वस्तु तथा सेवा खरिद गरेपश्चात् आफुलाई पाएक पर्ने बैंकको शाखा पुगेर किस्ताबन्दीको लागि आवेदन दिन सक्ने भएका छन् । यस योजनामा सहभागी भई आकर्षक सुविधा प्राप्त गर्न चाहने नयाँ ग्राहकले क्रेडिट कार्डको निमित्त आवेदन दिन बैंकको कुनै पनि शाखा कार्यालय वा बैंकको वेबसाइटमार्फत जुनसुकै स्थानबाट जुनसुकै समयमा अनलाइन आवेदन दिन पनि सक्ने भएका छन् ।बैंकले १ सय ९ वटा शाखा, ९८ वटा एटीएम र १ सय ७ वटा शाखा रहित बैंकिङ सेवामार्फत करिव ७ लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै