PRABHU BANK

ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८औं वार्षिक साधारणसभा सम्पन्न

Global IME Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्था लिमिटेडको वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनी ८औं वार्षिक साधारणसभा पुस २९ गते बुधबार सम्पन्न भएको हो । बुधबार सम्पन्न कम्पनीको ८औं वार्षिक साधारणसभाले प्रतावित २८.९२ प्रतिशत लाभांश पारित गरेको छ । 
सभाले सेयरधनीलाई २७.४७ बोनस सेयर र कर प्रयोजनका लागी १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले पोखरामा रहेको स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती गर्ने प्रस्ताव पनि पारित गरेको छ । उक्त सेयरको वितरण तथा स्पर्स लघुवित्त वित्तीय संस्थालाई प्राप्ती पश्चात वित्तीय संस्थाको चुक्ता पुँजी ४३ करोड रुपैयाँभन्दा बढी पुग्नेछ ।
त्यस्तै संस्थाको ९५ वटा शाखामार्फत १ लाख १५ हजार ग्राहक सदस्यमा सेवा पुग्ने वित्तीय संस्थाका नि. प्रमुख कार्यकारी अधिकृतले बताए । उक्त साधारणसभामा वित्तीय संस्थाका अध्यक्ष वुद्धि अकेला ८औं वार्षिक प्रतिवेदन पेश गरेका थिए भने सभा कम्पनी सचिव हरिकृष्ण जोशीले संचालन गरेका थिए  ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै