PRABHU BANK

विजय लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित

Vijaya Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । कम्नीको पुस २९ गते सम्पन्न ८औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै संस्थाका सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत गरी २० प्रतिशत लाभांश पाउने भएका छन् । १९ प्रतिशत बोनसपछि संस्थाको चुक्ता पुँजी २६ करोड ६५ लाख रुपैयाँ पुगेको छ । 
संस्थाका अध्यक्ष कपिल न्यौपानेको अध्यक्षतामा सम्पन्न उक्त सभाले वित्तीय संस्थाको आर्थिक वर्ष २०७६/०७७ को संचालक समितिको प्रतिवेदन पारित गरेको छ । यस्तैगरी २०७७ असाढ मसान्तको वासलात तथा सोहि मितिमा समाप्त आर्थिक वर्ष २०७६/०७७ को नाफा नोक्सान हिसाब, सोहि अवधिको नगद प्रवाह विवरण लगायत वित्तीय विवरणहरु पनि पारित गरेको छ । उक्त साधारणसभाले आर्थिक वर्ष २०७७/०७८ मा लेखा परिक्षण कार्य गर्नका लागि साविकका आर एण्ड एसोसियट्सका सिए रबिन्द्र श्रेष्ठलाई पुनः नियुक्त गर्ने तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव समेत अनुमोदन गरेको छ । 
साथै संचालक समितिले प्रस्ताव गरे बमोजिम प्रबन्धपत्र तथा नियमावलिको विभिन्न दफामा संसोधन प्रस्ताव समेत स्वीकृत गरेको छ । उक्त सभाले वित्तीय संस्थाको तर्फबाट अन्य कुनै वित्तीय संस्था प्राप्ती गर्ने वा एक आपसमा गाभ्ने गाभिने सम्बन्धी आवश्यक सहमति र समझौता गर्ने लगायत गाभ्ने, गाभिने वा प्राप्ती गर्ने सम्बन्धमा आवश्यक कामहरु गर्न सक्ने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
उक्त वार्षिक सधारण सभामा संचालक समितिको तर्फबाट प्रस्तुत वार्षिक प्रतिवेदन माथि सेयरधनीहरुको जिज्ञासा र उठेका प्रश्नहरुमा संस्थाको तर्फबाट अध्यक्ष कपिल न्यौपाने तथा प्रमुख कार्यकारी अधिकृत बसन्त राज लम्सालले स्पष्ट पारेका थिए । त्यस्तै कार्यक्रमको संचालन संस्थाका नायव कार्यकारी अधिकृत÷कम्पनी सचिव नारायण सापकोटाले गरेको थिए । संस्थाले कोभिड-१९ को कारण हुन सक्ने संक्रमणको जोखिम र नेपाल सरकारले जारी गरेको स्वास्थ्य निर्देशनलाई समेत मध्यनजर गर्दै वार्षिक साधारण सभामा भौतिक रुपमा साथै भर्चुअल माध्यमबाट भाग लिन सक्ने गरी व्यवस्था मिलाएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै