मेहनत गर्ने किसानहरूलाई राष्ट्रिय वाणिज्य बैंकले ५ करोडसम्म ऋण दिने, अवधी १० वर्षसम्म रहने !

काठमाडौँ। राष्ट्रिय वाणिज्य बैंकले ‘प्रदेश विशेष कृषि कर्जा’ दिने भएको छ।  बैंकले सातै प्रदेशका किसानहरूलाई ५ करोडसम्म कृषि कर्जा दिने भएको हो ।

बैंकले प्रदेश १ मा अलैंची, प्रदेश २ मा माछा, प्रदेश ३ मा खुखुरा, प्रदेश ४ मा फलफुल, प्रदेश ५ मा पशुपालन, प्रदेश ६ मा जडिबुटी र प्रदेश ७ मा केरा उत्पादन गर्ने किसानहरूलाई ‘प्रदेश विशेष कृषि कर्जा’ दिने जनाएको छ ।

बैंकका अनुसार कर्जाको अवधी १० वर्षसम्म रहनेछ। बैंकले सस्तो ब्याजदरमा यस्तो कर्जा दिन लागेको हो।

यस्तो कर्जा लिन चाहनेले सिधै बैंकमा सम्पर्क गर्नुपर्ने बैंकले जनाएको छ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्