स्वरोजगार लघुवित्तको ५४ हजार कित्ता संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य ३१५ रुपैयाँ

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले कुल ५४ हजार ४६४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ।

जसमध्ये ३३ हजार ९६४ कित्ता सेयरमा कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन्। यसका लागि प्रतिकित्ता न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको छ, र आवेदन दिँदा सो वा सोभन्दा बढी मूल्य अंकित गर्नु पर्नेछ।

त्यसैगरी, बाँकी २० हजार ५०० कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गरिएको छ। यस्ता सेयरमा भने निश्चित मूल्य तोकिएको छैन ।  अर्थात् इच्छुक लगानीकर्ताले खुला प्रतिस्पर्धाको आधारमा आवेदन दिन सक्नेछन्।

सेयर खरिद गर्न चाहने संस्थापक तथा सर्वसाधारणले जेठ २९ गतेबाट ३५ दिनभित्र बनेपा–५, काभ्रेपलाञ्चोकस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिनुपर्नेछ।

HIMALAYAN LIFE
Banking Sansar Mobile App

प्रतिक्रिया दिनुहोस्