prabhu

३८८ जना ऋणीले बैंकबाट लिए १ अर्ब बढी ऋण, ऋण व्यवस्थापनमा चुनौती थपिँदै, ऋणीहरूलाई ऋण तिर्न सकस !

काठमाडौँ।  बैंक तथा वित्तीय संस्थाबाट हाल ३८८ जना व्यक्तिले १ अर्ब रुपैयाँभन्दा बढीको ऋण लिएका छन्। ३८८ जना ऋणीहरूको कुल ऋण जम्मा ७.५ खर्ब रुपैयाँभन्दा बढी रहेको छ।

हाल अधिकांश ऋणीहरूको ऋण नियमित रूपमा तिर्ने अवस्था छैन। यसले बैंकहरूको ऋण व्यवस्थापनमा चुनौती थपेको छ भने अर्कोतर्फ थोरै ऋण लिने सामान्य व्यक्तिहरूलाई भने बैंकबाट ऋण प्राप्ति र समयमै भुक्तानी गर्न समस्या भइरहेको छ।

यसले वित्तीय समावेशीकरणमा अवरोध पुर्याइरहेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार बैंकहरूको ऋण प्रवाह केही सय व्यापारिक घरानामा मात्र थुप्रिएको छ। जसले अर्थतन्त्रको संरचनागत विकृति संकेत गर्दछ।

यस अवस्थामा बैंकहरूले ऋण प्रवाहलाई सन्तुलित र समावेशी बनाउनका लागि नीति र व्यवस्थापनमा सुधार गर्नुपर्ने आवश्यकता देखिन्छ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै