काठमाडौँ। बैंक तथा वित्तीय संस्थाहरू आर्थिक वर्षको अन्त्य नजिकिएसँगै ऋण असुलीमा सक्रिय भएका छन्। नयाँ व्यवसायको विस्तारमा कमी र ब्याजदर घट्दै जाँदा बैंकहरूले पुराना ऋण असुली गरेर वित्तीय विवरण सुधार्ने प्रयास गरिरहेका छन्।
हाल बैंक तथा वित्तीय संस्थाहरूको औसत खराब कर्जा ३.९८ प्रतिशत पुगेको छ। जुन १० वर्षकै उच्च हो । यसले नाफामा संकुचन र वित्तीय स्वास्थ्यमा प्रतिकूल असर पुर्याएको छ।
बैंकहरूले ऋण असुलीमा लचकता अपनाउँदै, असल मनसाय भएका ऋणीहरूलाई ब्याजमा छुटसम्मको सुविधा दिइरहेका छन् । यस अवस्थामा बैंकहरूले कर्जा पुनर्संरचना र पुनर्तालिकीकरणका प्रक्रियामा पनि सक्रियता देखाएका छन्।
तर, आर्थिक गतिविधि शिथिल रहँदा असुलीमा सुधार आउन कठिनाइ भइरहेको छ।