काठमाडौँ। देशमा राजा फर्काउने कुरा चलिरहेका बेला नेकपा एमाले सांसद सुर्यबहादुर थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । यसरी शाह र बुद्धको तस्विर राख्दा नेपाली नोटको महत्व बढ्ने भन्दै थापाले यस्तो सुझाव दिएका हुन् । उनले आफु राजावादी भने नभएको प्रष्ट पारेका छन् ।
सांसद थापाले नेपाली नोटहरुमा पृथ्वीनारायण शाह र गौतम बुद्धको तस्वीर राख्न गभर्नरलाई सुझाव दिएका छन् । सोमबार अर्थ समितिमा भएको बाफियाबारेको छलफलमा बोल्दै उनले नोटमा राष्ट्र एकीकरण गर्नेको तस्विर राख्न प्रस्ताव गरेका हुन् ।
उनले आफू राजावादी नभए पनि नेपालको एकीकरण गर्ने व्यक्तित्वको तस्बिर नोटमा राख्नु उचित हुने बताएका छन् ।