काठमाडौँ । सोमबार राजावादीहरुले उपत्यका बन्दको घोषणा गरेका छन् । आफ्नो आन्दोलनमा अनावश्यक धरपकड भएको भन्दै राजावादीहरुले उपत्यका बन्दको घोषणा गरेका हुन् ।
उपत्यका बन्दको घोषणा भए पनि अत्यावश्यक सेवा भएकाले बैंकहरु भने खुल्नेछन् ।
बन्दको समयमा पनि कार्यालय पुग्नुपर्ने भएपछि निजी सवारी साधन नभएका बैंकका कर्मचारीहरु हिंडेरै भए पनि कार्यालय पुग्नुपर्ने बाध्यता आईलागेको छ ।