prabhu

कृषि विकास बैंकमा फेला परेको प्रेसर कुकरमा बम नभएको पुष्टि, जग्गा लुटपाट गर्ने दलालहरूको घरमा ‘बम’ राख्ने धम्की !

काठमाडौँ। कृषि विकास बैंक अगाडि फेला परेको प्रेसर कुकरमा बम नभएको पुष्टि भएको छ। कपिलवस्तुको मायादेवी गाउँपालिका-१ पकडीमा रहेको कृषि विकास बैंक अगाडि फेला परेको प्रेसर कुकरमा बम नभएको पुष्टि भएको हो ।

बैंक अगाडि सडक किनारमा तारले बेरिएको कुकर शंकास्पद देखिएपछि प्रहरी घटनास्थलमा पुगेको थियो। प्रहरीले घटनास्थलमा नेपाली सेनाको बम डिस्पोजल टोली खटाएको थियो।

बैंक अगाडि सडक किनारमा तारले बेरेर राखिएको कुकरमा बम नभएको पुष्टि भएको छ । उक्त कुकरमा जग्गा लुटपाट गर्ने दलालहरू सुध्रिएनौ भने यो घरमा पनि लाग्न सक्छ भन्दै चेतावनीसहितको पर्चा टाँसिएको थियो ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै