काठमाडौँ । डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज भएसँगै सेवा शुल्क घटेको छ। सरकारले डिजिटल भुक्तानीमा लाग्दै आएको कर खारेज गरेसँगै सेवा शुल्क घटेको हो ।
यसअघि ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क अहिले १० रुपैयाँमा झरेको छ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झरेको छ ।
अघिल्लो वर्ष तत्कालीन अर्थमन्त्री वर्षमान पुनले यस्तो कारोबारमा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाउने व्यवस्था गरेका थिए ।
जुन आर्थिक वर्ष २०८२-८३ को बजेटमार्फत अर्थमन्त्री विष्णु पौडेलले खारेज गरेका छन्।