prabhu

एनएमबि बैंकका कर्मचारीहरूलाई हिल्टनमा विशेष छुट

काठमाडौँ। एनएमबि बैंकका कर्मचारी र ग्राहकहरूलाई हिल्टनमा विशेष छुट हुने भएको छ। बैंकका कर्मचारी र ग्राहकहरूलाई हिल्टनमा विशेष छुट प्रदान गर्ने गरी सम्झौतामा भएको हो ।

एनएमबि बैंकका ग्राहकहरुले हिल्टन काठमाडौंमा एनएमबि बैंकको कार्ड (डेबिट, क्रेडिट, प्लाटिनम क्रेडिट कार्ड) र मोबाइल बैंकिङबाट रकम भुक्तानी गर्दा १५ प्रतिशत सम्मकोआकर्षक छुट पाउनेछन् ।

बैंकले यो सेवाबाट आफ्ना ग्राहकहरू लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारको यात्रामा उत्प्रेरित हुने विश्वास लिएको छ । साथै, बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोग र ग्राहकहरूलाई डिजिटल माध्यमबाट भुक्तानी गर्नलाई प्रोत्साहन गर्न समय समयमा यस्ता ग्राहकमैत्री दीगो सुविधाहरू सञ्चालनमा ल्याउँदै आइरहेको छ।

एनएमबि बैंकले देशभर २०२ वटा शाखा, १८७ वटा एटिएम र ९ विस्तारित काउन्टर मार्फत व्यापक वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

Shangrila Dev Bank
Citizen Life Insurance
Himalayan life insurance

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै