काठमाडौँ। सरकारले डिजिटल कारोबारमा लाग्दै आएको भ्याट हटाउने भएको छ। आगामी आर्थिक वर्षको बजेट भाषण गर्दै अर्थमन्त्री विष्णु पौडेलले डिजिटल माध्यमबाट गरिने अन्तर बैंक रकम ट्रान्सफरमा लाग्दै आएको भ्याट हटाउने भएका हुन्।
पछिल्लो समय भ्याटका कारण डिजिटल माध्यममार्फत भइरहको अन्तर बैंक रकम ट्रान्सफर महँगो भएको थियो।