PRABHU BANK

छिमेक लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने

Chhimek Laghubitta
  • बैंकिङ संसार
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना सेयरधनीहरुको बैंक खातामा नगद लाभांश जम्मा गरिदिने भएको छ । कम्पनीको गत पुस २९ गते सम्पन्न वार्षिक साधारणसभाले पारित गरेको हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत नगद लाभांश सेयरधनीले हितग्राही खातामा उल्लेख गरेको बैंक खातामा कनेक्ट आईपीएसमार्फत जम्मा गरिदिने भएको हो ।
हालसम्म पनि हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरुले हितग्राही खाता खोलेको सम्बन्धित निक्षेप सदस्यमा सम्पर्क गरी नेपाल क्लियरिङ्ग हाउसको आईपीएस सदस्यता प्राप्त आफ्नो कुनै पनि बैंक तथा वित्तीय संस्थाको खाता नम्बर अपडेट गराउन पनि आग्रह गरेको  छ । 
बैंक खातामा आईपीएसमार्फत नगद लाभांश जम्मा गर्दा सम्बन्धित बैंक वा वित्तीय संस्थाको नियममानुसार कुनै शुल्क लाग्ने भएमा सो शुल्क सेयरधनीले नै व्यहोर्नुपर्ने छ । गत पुस १४ गतेसम्म कायम सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्रहरु धितोमा राखि कर्जा सुविधा प्रयोग गर्दै आएका सेयरधनीलाई बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र प्राप्त भएपश्चात मात्र बैंक खातामा नगद लाभांश जम्मा गरिने बैंकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै