PRABHU BANK

एनसीसी बैंकको प्रस्तावित १०.८१ प्रतिशत लाभांश पारित, सञ्चालक समितिमा ६ जना निर्वाचित

NCC Bank
  • बैंकिङ संसार
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको प्रस्तावित लाभांश पारित भएको छ । बैंकको माघ ९ गते शुक्रबार सम्पन्न २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १०.८१ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । उक्त सभामा १०.२६९५ प्रतिशत बोनस सेयर र सो बोनस सेयर जारी गर्दा लाग्ने कर प्रयोजनको लागि ०.५४०५ प्रतिशत नगद गरी १०.८१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरिएको थियो ।
सभाबाट पारित १०.२६९५ प्रतिशत बोनस सेयर पश्चात यस बैंकको चुक्ता पुँजी १० अर्व ३१ करोड रूपैयाँ पुग्नेछ ।सभाले संस्थापक समुह ‘क’ बाट तीन (३) जना र सर्वसाधारण समुह ‘ख’ बाट एक (१) जना महिला सहित तीन (३) जना गरी जम्मा छ (६) जना सञ्चालकहरुको निर्विरोध रुपमा निर्वाचित गरेको छ । साथै साधारण सभापश्चात बसेको सञ्चालकहरुको बैठकबाट उपेन्द्रकेशरी न्यौपानेलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरेको छ ।
समुह ‘क’बाट सञ्चालकहरुमा मोहनबहादुर बस्नेत र ईमान सिंह लामा निर्वाचित भएका छन् भने समुह ‘ख’ बाट चन्द्रप्रसाद बास्तोला, सुमन कुमारी जोशी र निशेष प्रधान निर्वाचित भएका छन् । हाल बैंकले ७ वटै प्रदेशमा गरी जम्मा १ सय २७ शाखा र १ सय २ वटा एटिएममार्फत आफ्ना ग्राहकलाई स्तरीय सेवा प्रदान गर्दै आईरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्

सिफारिस सबै